शुक्रबार , असार २०, २०८२
चौरीदेउराली गाँउपालिमा पहिरोमा परि घाईते भएकालाई नेपाली सेनाको हेलिकप्टरद्धारार्फत उद्धार, २ झै बेपत्ता एकजनाको ट्रमा सेन्टरमा उपचारहुदै – Yuwa Daily


चौरीदेउराली गाँउपालिमा पहिरोमा परि घाईते भएकालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार, २ झै बेपत्ता एकजनाको ट्रमा सेन्टरमा उपचारहुदै

गत बिहीबारदेखि आएको भारी वर्षातले काभ्रेपलाञ्चोक जिल्लामा ठूलो जनधनको क्षति भएको छ । तीन दिनसम्म लगातार परेको भारी वर्षातले जिल्लाका कयौँ बस्ती पहिरोमा परेका छन् । जिल्लाको चौरीदेृउराली गाँउपालिका–६ का घरहरु पहिरोमा परेर जोखिमपूर्ण अवस्थामा रहेको वडा अध्यक्ष किश्वराज गिरिले बताएका छन् ।

आज दिउसो मध्यन्नमा दारिमबोटको पहिरोमा परेका पीडितको उद्धारका लागि जिल्ला समन्वय समिति प्रमुख दिपक गौतम र ६ वडाका अध्यक्ष किशोर राज गिरीको सहकार्यमा नेपाली शेनाको हेलिकप्टर द्धारा चौरिदेउराली र भुम्लुका घाईतेहरुलाई उद्दार गरि काठमाडौं ट्रमासेन्टरमा उपचार गराई रहेको जानकारी दिएका छन् भने २ जना बेपत्ता भएको र खोजी कार्य जारी रहेको बताएका छन् ।

घाईते भएका हरुलाई स्वास्थ्यमन्त्रालयले निशुल्क उपचार गराई रहेको पनि जानकारी दिएका छन् । भारी वर्षाका कारण जमिन धसिँदै जाँदा चौरीदेउराली गाउँपालीकाका घरहरु उच्च जोखिममा परेको पनि जानकारी दिएका छन् । उनले केही घर भत्किएका र जमिन धसिँदै गएर पहिरोको रूप लिदा गाउँ नै विस्थापित हुनु परेको पनि जानकारी दिए । गिरिले आफ्नो फेसबुक मार्फत पनि भनेका छन् चौंरीदेउराली गाउँपालिका वडा नं ६ कात्तिके देउरालीको दारिम्बोटमा पहिरोमा परी २ जना वेपत्ता हुनुभएको उहाँहरुको खोजी कार्य जारी रहेको १ जना घाइतेको हेलिकप्टर द्वारा उद्दार गरी उपचाररत रहेको आरुबोट , दारिम्बोट, कात्तिके, ज्यामिरे लगायतका बस्तीहरूमा थुप्रै घरहरू क्षतिग्रस्त रहेको हुँदा अझै पनि पहिरोको जोखिम कायम रहेकोले सुरक्षित रहनुहुन पनि अपिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP