काठमाडौ: नारी टेलिभिजन नेपालको पहिलो महिला टिभि च्यानलको रुपमा स्थापित ‘नारी टेलिभिजन एचडीले महिला उद्यमशीलतालाई प्रोत्साहन गर्दै ’म उद्यमी कार्यक्रम संचालन गरेको छ ।
महिला उद्यमशीलतालाई पवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ’म उद्यमी–सिजन १’सम्पन्न भएको हो । कार्यक्रमका सहजकर्ता मान्सी अग्रवालले नेपालको व्यवसायमा महिलाहरुका चुनौती , महिला सशक्तीकरण, नयाँ सम्भावना, सफलताका अनुभव लगायतका विषयमा छलफल गराउनु भएको थियो । सफल व्यवसायी, बैंकर्स, सेलिब्रेटी उद्यमीहरूले आफ्नो व्यवसायिक यात्राका अनुभव साटासाट गरेका थिए । सफल उद्यमका निम्ति महिलालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा चर्चा परिचर्चा गरियो । राष्ट्रिय वाणिज्य बैंककी दुर्गाकुमारी कँडेलले आफू २० वर्षदेखि बैंकमा कार्यरत रहेको अनुभव सुनाउनु भयो । उहाँले महिलालाई आजको समयमा पनि समाजले प्रमुख भूमिकामा हेर्न नसकेको बताउनुभएको छ । महिला उद्यमीलाई सरकारले पनि सहुलियत पूर्ण कर्जा उपलब्ध गराएको जानकारी गराउनु भयो । तर नेपालको वर्तमान परिवेशमा खुलेर लगानी गरेर बाँच्ने अवस्था महिला पुरुष दुबैलाई नभएको तर्क गर्नुभयो । उहाँले व्यवसायमा चुनौती हुन्छ तर त्यसलाई सामना गर्न सक्ने हिम्मत गरेर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । महिलाहरुले आतमनिर्भर भएर पनि निर्णय लिने अधिकार भने अरुलाई सुम्पिँदा पछि परेको कँडेलको धारणा छ । त्यसकारण निर्णय लिने क्षमता विकास गर्नुपर्ने बताउनु भयो । महिलाहरुको विकासका लागि सरकारले निति बनाउँछ तर काम गर्ने वातावरण भनेजस्तो निर्माण नहूँदा चुनौती थपीएको उहाँको भनाइ रहेको छ ।
त्यस्तै नेपाली चलचित्रकी सफल नायिका तथा व्यवसायि श्वेता खड्काले अब महिलाले पनि जोखिम बहन गर्न आँट गर्ने बेला आएको बताउनु भयो । आत्मनिर्भरले आफ्नो निर्णय आफैँ लिने क्षमता विकास गर्ने र प्रतिकूल वातावरणलाई पनि आफ्नो अनुकूल बनाउन सहयोग पुग्ने उहाँको विश्वास छ । कुनै पनि निर्णयक वा प्रमुख पदमा पुरुष नै हुनुपर्छ भन्ने मान्यता तोड्न सरकारले अझै बढी महिला उद्यमलक्षित कार्यक्रमहरू ल्याउनुपर्ने उहाँको जोड छ । महिलाले आफ्नो क्षमता र सिपलाई नै सबल पक्ष बनाउन सके समस्याहरू पनि प्रोत्साहन बन्ने अनुभव सुनाउनुभएको छ ।
आफ्ना अन्तरदृष्टिबारे नायिका तथा उद्यमी खड्काले महिलाको नेतृत्वमा उद्यम अघि बढाउन अझै पनि सामाजिक चुनौती रहेको बताउनु भयो । चुनौती सामना गर्दै आफ्नो लक्ष्य र मेहनतमा अडिग रहेर अघि बढे सफल उद्यमी बन्न सकिने उहाँको बुझाइ छ । सरकारले महिला सशीक्तकरणका निम्ति विभिन्न नितिहरू बनाए पनि उनीहरूका आवश्यकता र मागलाई पर्याप्त ध्यान नदिएको उहाँको तर्क रहेको छ ।
त्यस्तै उद्यमी प्रिया सिग्देलले पनि आफ्नो अनुभवलाई सुनाउँदै महिलाले आफ्नो सिर्जनशीलता र हिम्मतलाई पहिचान गर्दै अघि बढे सफलताको नजिक पुगिने बताउनु भएको छ । नीतिगतरूपमा पाएका अधिकार प्राप्तिका निम्ति समाज र राज्यसँग प्रश्न गर्ने साहस महिलाले राख्नुपर्ने सिग्देलको अनुभव छ । नेपालको वर्तमान परिवेशमा महिला पुरुष दुवैलाई खुलेर लगानी गर्ने अवस्था नरहे पनि उद्यमका निम्ति जोखिम उठाउने हिम्मत राख्नुपर्ने सुझाव छ ।
उद्यमी स्वस्तिका राजभण्डारीले पनि महिलाको उद्यमशीलताको चुनौती बारे चर्चा गर्नुभएको थियो । आफूले केही वर्ष अगाडि ३५ हजार बाट सुरु गरेका व्यवसायबाट आज सफल भएको र धेरैलाई रोजगारी दिएको बताउनु । उहाँले पनि महिलाहरुले आफ्नो क्षमतालाई चिनेर गर्व गर्नुपर्ने बताउनु भयो । महिलाहरुले आत्मविश्वासको साथ कार्य गनुपर्ने उल्लेख गर्दै कम्युनिकेशन स्कीललाई विकास गनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै लक्ष्मी सनराइज बैंकका सुमन गेलालले महिलाहरुले डिजिटल नलेजको विकासलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । आजको समयमा प्रविधिको विकासलाई पनि महत्व दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा नव उद्यमीहरूले आफ्ना नयाँ उद्यमबारे जानकारी तथा लगानीका निम्ति प्रस्ताव राखेका थिए । जसमा उद्यमी बिपुला जोशी खनालले सरदार क्रियसनमार्फत आफूले नेपाली संस्कार र संस्कृतिलाई प्रोत्साहन गर्दै इभेन्ट म्यानेज्मेन्टको काम गरिरहेको जानकारी गराउनु भयो ।
अर्की उद्यमी नेहा गिरीले फरियाँ बुटिकमार्फत आफूले पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड उत्पादन तथा बिक्री वितरण गरिरहेको जानकारी दिनुभयो । साथै, महिलाका निम्ति प्लस साइजका कपडा उत्पादन गरी सर्वसुलभरूपमा बजारमा उपलब्ध गराइरहेको उहाँले बताउनु भएको छ ।
आफ्नै डेरामा टेलरिङ मेसिनबाट कपडाको रबरब्यान्ड सिलाएर उद्यम सुरु गरेकी रेनुका श्रेष्ठले आफूलाई अभावले नै उद्यमी बन्न सिकाएको प्रेरणादायी अनुभव सुनाउनु भएको थियो ।
गहिरो जलनको उपचारपछि कोरोनाकालमा मास्क र रबरब्यान्डबाट उद्यम सुरु गरेको भन्दै उहाँले अहिले १८ जनालाई रोजगारी दिएको उल्लेख गर्नुभयो । रेनुका क्रियसन सञ्चालन गरिरहेकी रेनुकाले सरकारी तवरबाट आफ्ना उत्पादन राख्ने (आउटलेट) स्थानको व्यवस्था भए उद्यमलाई थप अघि बढाउन सकिने अपेक्षा समेत राख्नु भएको छ ।
नारी टिभीको आयोजना र न्प्ःऋ को प्रबन्धमा गरिएको कार्यक्रमको सिजन २ पनि संचालन हुने नारी टिभीका अध्यक्ष निकिता पौडेलले जानकारी दिनुभएको छ । साथै कार्यक्रममा उपस्थित महिलाहरुको लागी विशेष टिभी कार्यक्रम निर्माण गरी महिलाहरुको प्रवर्धन र विकासलाई विस्तार गरी निरन्तरता दिने दिगो लक्ष्य रहेको पौडेल बताउनु भएको छ ।
एकसय बढी महिला सहभागी कार्यक्रममा नेपाली उत्पादनलाई प्रोत्साहन
नारी टेलिभिजन
नेपालको पहिलो महिला टिभि च्यानलको रुपमा स्थापित ‘नारी टेलिभिजन एचडीले महिला उद्यमशीलतालाई प्रोत्साहन गर्दै ’म उद्यमी कार्यक्रम संचालन गरेको छ ।