
कैलाश बहुमुखी क्याम्पस र सिफल खेलकुद प्रतिष्ठान क्लबको संयुक्त आयोजनामा पौष १९गते सम्पूर्ण विद्यार्थी र खेलाडीहरूको लागि नि शुल्क स्वास्थ्य परीक्षण र आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमको नेतृत्व शिला खड्गीले गरेकी थिईन । उनी प्रतिष्ठित राष्ट्रिय कराते कोच मात्र होइन, सिफल खेलकुद प्रतिष्ठान क्लबकी संस्थापक पनि हुन्।
नि शुल्क स्वास्थ्य परीक्षण र आँखा जाँच कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन, लायन्स क्लब अफ काठमाण्डौ वन्डर उमन, युवा डेल्ली मिडिया,मुनाल बुटिक,होटल मकवानपुर सङ्घसंस्थाहरूको सहकार्य रहेको थियो। यस कार्यक्रमको आयोजनाले खेलाडीहरूका लागि स्वस्थ र उर्जामान भविष्य सुनिश्चित गर्नका लागि महत्वपूर्ण योगदान पुर्याएको छ। शिला संगै यश कार्यक्रममा प्रमुख भुमिका कैलाश बहुमुखी क्याम्प प्रमुख डा.शोभा ढुंगाना ,लायन्स क्लब वन्डर उमन काठमाडौ कि अध्यक्ष सुलेना श्रेष्ठ ,उपाध्यक्ष संगीत थापा र शिफल खेलकुद प्रठिष्ठानका प्रमुख प्रशिक्षक विशाल विक्रम अधिकारी र सम्पुर्ण खेल प्रेमीहरुले प्रमुख भुमिका खेलेको खेलेका छन् ।
शिला खड्गी, जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो नाम रोशन गरेकी छिन्, आजका दिनमा आफ्नो संस्थाको माध्यमबाट खेलकुदका क्षेत्रमा नयाँ मार्ग दिएकी छिन्। उनले आज सम्म कुनै पनि खेलाडीको स्वास्थ्य परीक्षण नगरेको अवस्थामा नि शुल्क स्वास्थ्य शिविर आयोजना गरेर सम्पूर्ण खेलाडीहरूलाई एक सन्देश दिएकी छन्। उनले भनिन्,हरेक कोचले आफ्नो खेलाडीहरूको स्वास्थ्यको ख्याल राख्नुपर्छ, र उनीहरूलाई निरन्तर उर्जामान र हौसला दिए खेलाडिलाई पनि हौसल्ला मिल्लने उनको भनाई रहेको छ।




उनको लागि र खेलाडिहरुको लागि यो शिविर केवल स्वास्थ्य परीक्षणको एउटा अवसर मात्र थिएन, यसले खेलाडीहरूको मनोबललाई पनि थप सशक्त बनाएको छ । शिलाले यस कार्यक्रमको आयोजना गरेर, भविष्यमा पनि खेलकुदका क्षेत्रका लागि नयाँ मापदण्ड स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। उनका शब्दहरूले आजको कार्यक्रममा मात्र होइन, सम्पूर्ण खेलकुद जगतमा गहिरो प्रभाव पार्ने विश्वास पनि उनले लिएकी छिन् ।
शिला खड्गीको यो समर्पण र प्रेरणाले अन्य कोचहरू र संस्थाहरूलाई पनि खेलाडीहरूको लागि निस्शुल्क स्वास्थ्य परीक्षण र अन्य सेवाहरू प्रदान गर्न प्रोत्साहित गर्नेछ भन्ने आशा पनि उनले राखेकी छिन् । आगामी दिनहरूमा शिलाले यसरी नै खेलकुदका क्षेत्रमा नयाँ सम्भावनाहरूको विकास र खेलाडीहरूको मनोबल बढाउने कार्यलाई निरन्तर अघि बढाउने जिकीर पनि गरेकी छिन्।