शुक्रबार , असार २०, २०८२
बाल व्यवसायी केन्द्र माविको ५३औं वार्षिकोत्सव तथा सम्मान समारोह सम्पन्न – Yuwa Daily

काठमाडौं,  बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयको ५३औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष अनार बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा वाग्मती प्रदेशका सभामुख भुवनकुमार पाठक प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा सभामुख पाठकले विद्यालयको शिक्षासम्बन्धी पहललाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए। विद्यालयका प्रधानाध्यापक रामप्रसाद ढुंगानाले विद्यालयलाई स्कुल बस र नर्सको आवश्यकता रहेको उल्लेख गर्दै सरकारसँग पहल गर्न आग्रह गरेका थिए। सभामुख पाठकले विद्यालयलाई बस र नर्स उपलब्ध गराउने घोषणा गर्दै मुलुकको शिक्षाक्षेत्रमा यस विद्यालयको योगदान अनुकरणीय रहेको बताए।

कार्यक्रमका विशिष्ट अतिथि काठमाडौं महानगरपालिका–७ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समिति सदस्य बिमल कुमार होडाले विद्यालयले विभिन्न चुनौतीहरू पार गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै अझै सशक्त बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। महानगरपालिकाका शिक्षा अधिकारीले विद्यालयलाई बालमैत्री बनाउन थप सहयोग गर्ने बताए।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, उत्कृष्ट अभिभावक, विद्यार्थी, शिक्षक, खेलाडी, पत्रकार तथा कराते प्रशिक्षकलाई सम्मान गरियो। विद्यालयका प्रधानाध्यापक ढुंगानाले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै तीन कोठाबाट सुरु भएको विद्यालय आज नमुना विद्यालयका रूपमा स्थापित भएकोमा खुशी व्यक्त गरे।

हाल विद्यालयमा ४१० विद्यार्थी अध्ययनरत छन् भने बिहान र दिवा कक्षा सञ्चालन हुँदै आएको छ। कार्यक्रममा विद्यार्थीहरूले सचेतनामूलक नाटक, सांस्कृतिक प्रस्तुति तथा सिफल एकेडेमीको कराते प्रदर्शन गरेका थिए। बक्ताहरूले विद्यालयको शैक्षिक, भौतिक, व्यवस्थापकीय तथा वातावरणीय पक्ष अन्य विद्यालयका लागि प्रेरणादायी रहेको धारणा व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP