
समाजसेवा र राष्ट्रिय योगदानका क्षेत्रहरूमा सक्रिय संस्था जनचेतना – समाज परिवर्तन नेपाल ले आज इन्द्रेणी हल , बुद्धनगरमा आठौँ वार्षिक उत्सव बैशाख ६ गते भव्य रूपमा सम्पन्न गरेको छ।
उक्त अवसरमा नेपाल विद्युत प्राधिकरणका पूर्व निर्देशक तथा चर्चित ऊर्जा अभियन्ता कुलमान घिसिङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। संस्थाले उहाँलाई राष्ट्रको ऊर्जा क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै सम्मानपत्र र मायाको चिनो प्रदान गरेको छ ।
कार्यक्रम संस्थाकी अध्यक्ष मुना निरौलाको अध्यक्षतामा सम्पन्न भयो भने संयोजनको जिम्मेवारी कबिन्द्र त्रिपाठीले सम्हालेका थिए।
अध्यक्ष निरौलाले विगतका वर्षहरूमा पनि राष्ट्रको हितमा समर्पित व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको उल्लेख गर्दै यसै संस्थाका सल्लाहकार क्याप्टेन बिजय लामाले “एक पटक सम्मानको कार्यक्रम गर्न आर्थिक अभाव भएको बेला मुनाले आफ्नै विवाहको गरगहना बैंकमा धितो राखेर सम्मान कार्यक्रम सञ्चालन गरेको पनो बताएका थिएँ। आज फेरि त्यही भावनासहित अघि बढिरहेको बताएकाछन्।”




उनले देशका लागि निःस्वार्थ सेवा गर्ने व्यक्तिहरूलाई सम्मान गर्ने काम राज्यको दायित्व भए पनि राज्यको ध्यान नपुगेको ठाउँमा संस्थाले त्यो जिम्मेवारी उठाउँदै आएको बताएका छन् ।
जनचेतना – समाज परिवर्तन नेपालले विगतदेखि नै सामाजिक उत्तरदायित्व, जनचेतनामूलक अभियान, सम्मान कार्यक्रम लगायतका विभिन्न गतिविधि गर्दै आएको छ। संस्थाले आगामी दिनमा पनि यस्ता सकारात्मक कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।