शुक्रबार , असार २०, २०८२
फेसबुक स्टाटसकै आधारमा मानहानी मुद्दामा ज्वाला संग्रौला सर्वोच्च अदालतमा उपस्थित – Yuwa Daily

राष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य तथा समाजसेवी ज्वाला संग्रौला आज सर्वोच्च अदालतमा उपस्थित भएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमा लेखिएको स्टाटसकै आधारमा अदालतको अवहेलना (मानहानी) को मुद्दामा उनी बिहान १० बजे सर्वोच्चमा बयान दिन पुगेकी हुन्।
<संग्रौलाले अदालत पुगेर भनेकी छिन्, “सत्य, न्याय र नागरिक सर्वोच्चताको पक्षमा एक कदम अगाडि उभिएर लड्दै छु।” उनले आफ्नो अभिव्यक्ति अधिकारको संरक्षणको माग गर्दै न्यायिक स्वतन्त्रताको नाममा आलोचनालाई दबाउन नहुने स्पष्ट पारेकी छिन्।
उनको मुद्दालाई लिएर सामाजिक सञ्जालमा समेत तीव्र बहस भइरहेको छ। संग्रौलाको समर्थनमा बुद्धिजीवी, अधिकारकर्मी तथा सर्वसाधारण समेत एकजुट भइरहेका छन्। उनका समर्थकहरुले भनेका छन्, “ज्वालाजस्तो निडर आवाजमाथि कारबाही गर्नु न्यायिक द्वैधको उदाहरण हो।”
राजनीतिक प्रतिसोधका रूपमा अदालत प्रयोग गरिएको आरोप पनि व्यापक रूपमा उठेको छ। यद्यपि अदालतले आफ्नो गरिमा र प्रक्रियाका आधारमा कदम चालिएको बताउँदै आएको छ।
आजको सुनुवाइमा वरिष्ठ अधिवक्ता यज्ञमणि न्यौपाने,धुर्वलाल श्रेष्ठ सहितका २० भन्दा बढी अधिवक्ता हरु ज्वालाको पक्षमा बहस गर्न उपस्थित भैइसकेका छन् । बहसमा अभिव्यक्ति स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकारका कुराहरू प्रमुख रुपमा उठाइने जनाइएको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP