
परराष्ट्रमन्त्री आरजु राणा बैंककबाट सपरिवार स्वदेश फर्किएकी छिन् । त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकार परिवर्तनको हल्ला खण्डन गरिन् ।
यो भ्रमणमा कांग्रेस सभापति शेरबहादुर देउवाको कुनै राजनीतिक भेटघाट नरहेको उनको भनाइ थियो ।
‘उहाँको यो स्वास्थ्य चेकअप र पसर्ननल भ्रमण हो, भेटघाटको कुनै कार्यक्रम थिएन,’ उनले भनिन् ।
सरकार परिवर्तनको हल्लाबारे पत्रकारले सोधेको प्रश्नमा उनले जवाफ दिइन्, ‘तपाईँले नै भन्नुभयो हल्ला भनेर । यो हल्ला मात्रै हो । केही समय मौनता भयो भने मनोरञ्जनका लागि न्यूजहरु आउने गर्छ । सरकार परिवर्तन त नेपालभित्रै बसेर गर्नुपर्ने होला विदेशमा बसेर हुँदैन । न्यूज हेरेर हामी आफै छक्क पर्यौँ ।’
<span;>उनले बैंककबाटै सभापति देउवा र प्रधानमन्त्री ओलीबीच हिजो टेलिफोनमा कुराकानी भएको जानकारी दिइन् ।



