
काठमाण्डौ कर्णाली प्रदेशलाई प्रतिनिधित्व गर्दै सुर्खेतकी २२ वर्षीय सुम्निमा पुरी मिस्टर एण्ड मिस नेशनल २०२५को फाइनलमा पुगेकी छिन्। हाल स्नातकको अध्यनरत पुरी सामाजिक कार्यमा पनि अग्रसर छिन्।सामाजिक संस्था लियो क्लब अफ काठमाडौँ भृकुटीको सदस्य समेत रहेकी पुरीले प्रोजेक्ट ममता मार्फत गर्भाशयको मुखको क्यान्सर (Cervical Cancer) को सचेतना एवं न्युनिकरणका निम्ति विभिन्न कार्यक्रम गर्दै आइरहेकी छिन्।
सुम्निमा यस सुन्दरी प्रतियोगितामा, “कुनै व्यक्तिको अस्तित्व कोही अरु व्यक्ति संगको तुलनामा हुदैन, ऊ स्वयम् आफ्नो अस्तित्वको प्रतिबिम्ब हो।” भन्ने आत्मविश्वास र Message सहित अगाडी बढेकी छिन्।




मिस्टर एण्ड मिस नेशनल २०२५ को फाइनल मे ७, २०२५, बुधबार प्रज्ञा प्रतिस्थान, कमलादीमा हुदैछ। यस प्रतियोगितामा महिला तर्फ बाट १३ र पुरुष तर्फ़ बाट १४ गरि कुल २७ फ़ाइनलिस्ट प्रतिस्पर्दी रहेका छन्। नेशनल डिरेक्टर डा. सन्तोष उपाध्यायले विगत ३ संस्करण देखि यस प्रतियोगितालाई नेतृत्व गरिरहेका छन्। युवा राजनीतिज्ञ एवं पेशागत डाक्टर उपाध्याय स्वयम् मिस्टर सुप्रा-नेशनल २०२१ का 3rd Runner Up हुन्।
कडा प्रतिस्पर्दा चलिरहेको मिस्टर एण्ड मिस नेशनल २०२५को बिजेता घोषणाको फाइनल कार्यक्रम मे ७, २०२५ साँझ ४ बजेदेखि कान्तिपुर टेलिभिजनमा प्रत्यक्ष प्रशारण हुँदैछ।