सोमबार , असार ८, २०८३
रास्वपाको बन्दसत्र सुरु हुँदै, को–को छन् प्रतिनिधि ? कस्तो बन्दै छ कार्यसमिति ? – Yuwa Daily

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदै छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदै छ ।आइतबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आजबाट सुरु हुन लागेको हो । बन्दसत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ ।

आजको बन्दसत्रपछि भोलिबाट निर्वाचन प्रक्रिया सुरु हुनेछ ।महाधिवेशनमा चार हजार २११ प्रतिनिधि सहभागी छन् ।

को–को छन् प्रतिनिधि ?
सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट प्रतिनिधि चुनिएर आएका छन् ।

३३ देशका प्रवास सम्पर्क विभागबाट १७० जना, विधानअनुसार पार्टी सभापतिबाट १३८ जना र समूहगत रूपमा पार्टी प्रवेश गरेका १९२ जना प्रतिनिधि रहेका छन् ।

कोसी प्रदेशबाट ३६४, मधेसबाट ६३०, वाग्मतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि बन्दसत्रमा सहभागी हुनेछन् ।

महाधिवेशन प्रतिनिधिका रूपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँचजना प्रतिनिधि रहेको छन् । प्रदेश समितिका सबै सदस्यहरू, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी पनि प्रतिनिधि आएका छन् ।

संघीय नेतृत्व मञ्चका सबै केन्द्रीय सदस्य, केन्द्रमा रहेका ३८ वटा विभागबाट ११–११ जनाका दरले सदस्य तथा केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट ११–११ जनाको प्रतिनिधि छनोट भएर चितवन पुगेका छन् ।

प्रत्येक गाउँपालिकाबाट एकजना, नगरपालिकाबाट दुईजना, उपमहानगरपालिकाबाट तीनजना र महानगरपालिकाबाट चारजना प्रतिनिधि छन् ।

प्रदेश सम्पर्क विभागबाट तीन–तीनजना र जिल्ला सम्पर्क विभागबाट एक–एकजना प्रतिनिधि रहेका छन् । गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका तर्फबाट पराजित तथा समानुपातिक सूचीका व्यक्ति पनि प्रतिनिधि भएका छन् ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित समानुपातिक सूचीका र पार्टीमा सक्रिय व्यक्ति पनि प्रतिनिधि बनेर महाधिवेशन पुगेका छन् । केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्य पनि महाधिवेशन प्रतिनिधि छन् ।

यस्तो छ बन्दसत्रको तालिका
बन्दसत्रमा सुरुमा अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत हुनेछ । रमाकान्त रिमालले प्रस्तुत गरेको प्रतिवेदनमा छलफल हुनेछ ।

कोषाध्यक्ष, लिमा अधिकारीले प्रस्तुत गर्ने आर्थिक प्रतिवेदनमा छलफल भएपछि महामन्त्री, कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् । र, त्यसमा छलफल हुनेछ ।

पार्टी सहमहामन्त्रीले विधानमाथिको छलफल अगाडि बढाउने छन् । विधान पास भएपछि सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । त्यसमा छलफल भएसिछ पास हुनेछ

महाधिवेशन-दोस्रो-दिनको-कार्यक्रम-तालिका-असार-८-गते

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

काभ्रेको विकट गाउँबाट हलोजोत्दै पढेका राज कुमार गौतम आज अष्ट्रेलियाको प्रतिष्ठित इन्जिनियर,गौतमको आँसु र सफलताको यात्रा

चौँरीदेउराली गाउँपालिकाद्वारा किसानलाई बुद्धिचित्तमाला बिरुवा वितरण कार्यक्रम

काभ्रेपलाञ्चोकको चौरीदेउराली पाथीभरा पाँचकन्या सेतीदेवी मन्दिरमा भव्य सामूहिक पूजा सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चौरी देउराली गाउपालिकाको प्रथम अधिवेशन सम्पन्न, काभ्रेमै पहिलो पालिका अधिवेशनको रेकर्ड

चौरीदेउराली गाउँपालिकाद्वारा बजेट तथा कार्यक्रमका लागि सुझाव आह्वान

चौरिदेउराली गाउपालिकामा जिल्ला प्रशासन कार्यालयद्वारा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न,


TOP