शुक्रबार , असार २०, २०८२
सर्वोच्च अदालतको पेशी अटोमेसन आजदेखि प्रणालीबाट तोकिने – Yuwa Daily

काठमाण्डौं:सर्वोच्च अदालतमा आजदेखि अटोमेसन प्रणालीद्वारा पेशी तोक्न सुरू गरिने भएको छ।

आज प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले अटोमेसनद्वारा पेशी तोक्ने व्यवस्थाको उद्घाटन गर्ने सर्वोच्च अदालका प्रवक्ता विमल पौडेलले बताए।

‘आजदेखि सर्वोच्च अदालतको पेशी अटोमेसनबाट तोकिने भएको छ। प्रधानन्यायाधीशज्यूले अटोमेसन प्रणालीको उद्घाटन गर्ने कार्यक्रम छ,’ उनले भने।

आजसम्म गोला प्रणालीबाट सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको पेशी तोक्ने गरिन्थ्यो। अब भने डिजिटल सिस्टमले नै मुद्दाको पेशी सूची तोक्ने छ।

प्रधानन्यायाधीश र मुख्य न्यायाधीशले तोक्दै आएको पेशी झण्डै २ वर्षअघि गोलाप्रथाबाट तोकिने व्यवस्था गरिएको थियो।

अदालतको पेशी व्यवस्थापनलाई पारदर्शी बनाउन अटोमेसनबाट पेशी तोक्न लागिएको सर्वोच्च अदालतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP