
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा बेतिथि ! भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ९ जना सुपरिटेन्डेन्ट इन्जिनियर (सुई) सहसचिव र ६१ जना सि.डि.ई. (उपसचिव) हरुको सरुवा गरेको छ ।
मन्त्रालयमा देखिएका बिकृतिहरु हटाउदै सुशासन कायम गर्ने प्रतिबध्दता व्यक्त गरेका मन्त्रि प्रकाश ज्वाला सरुवामा चुकेका छन । ४ महिना नपुग्दै मदन भण्डारी आयोजना गुल्मिमा कार्यरत माधब प्रसाद अधिकारीलाई हुलाक निर्देशनालयमा सरुवा गरिएको छ । ठुला नेताको भनसुनमा उनको ठाउमा मध्यपहाडि दैलेखका प्रमुख युबराज पोख्रेल आएका छन ।




तेस्तै ४ महिनामै सरुवा हुनेमा बाबुराम सापकोटा काठमाडौ चक्रपथबाट पाल्पा सडक डिभिजन, राम कुमार देव संघिय सड़क सुपरिवेक्षण तथा अनुगमन कार्यालयबाट सडक डिभिजन धनकुटा, दिपेन्द्र पाण्डेय बिरगंज पथलैया सडक योजनाबाट सडक डिभिजन चपुर, होम बहादुर एसि बुटवल डिभिजनबाट मध्यपहाडि पाचथर, बलिराज मल्ल सडक बिभागबाट हुलाकि राजमार्ग इटहरीमा सरुवा भएका छन । बलिराज मल्ल भने राजनैतिक पहुच प्रयोग गरी १ महिनामै बिभागबाट सरुवा भएका हुन ।
कोहि सरुवाका सिकार भएका छन भने कोहि छोटो अवधिमै तोकिएको कार्यालयमा काम नगरी नेता, मन्त्रिलाइ प्रभावमा पारी आकर्षक कार्यालयमा सरुवा भएका छन । १ बर्ष नपुग्दै प्रदिप निरौला पाल्पा सडक डिभिजनबाट आकर्षक कार्यालय तमोर करिडोरमा गएका छन भने विवशबाबु सहादेब सडक बिभाग नियुक्ति भएको १ बर्षमै सडक डिभिजन साफेबगरमा दुर्गम भएको भन्दै मन्त्रिलाई प्रभाबमा सडक डिभिजन शिबपुरमा सरुवा गराउन सफल भएका छन भने नबराज बास्तोला अरु सिनियर डिई हुदाहुदै पनि सडक डिभिजन पोखरामा बाजि मार्न
सफल भएका छन । अचम्म त के छ भने मन्त्रि नेकपा समाजबादिका भएपनि नेपाली कांग्रेस निकट कर्मचारीहरुले अवसर पाएकाछन। कर्मचारी युनियनका नेता सुबोधकुमार देवकोटा मदनभण्डारी दमकबाट सडक डिभिजन नुवाकोट, कर्मचारी युनियन भौतिकका बिभागीय कार्यसमिति अध्यक्ष खुम बहादुर भण्डारीलाई सुर्खेत सडक डिभिजनको निमित्त प्रमुख, युनियनका नेता नेत्र प्रसाद देबकोटालाई सहिदमार्ग रोल्पाको निमित्त प्रमुख बनाइएको छ ।
जबकि निजामति सेवा ऐन अनुसार कार्यसमिति अध्यक्ष कार्यालय प्रमुख हुन पाइदैन तेस्तै जुनियर ईन्जिनियरहरुलाई विभिन्न योजना कार्यालयहरुमा निमित्तको जिम्मेवारी दिइएको छ। इन्जिनियरहरु लक्ष्मण रावल, बिरेन्द्र चन्द, लक्ष्मण जोशी, आशुतोष कर्ण, पुजन गिरि लगायतलाई सिनियर उपसचिव हुदाहुदै निमित्त योजना प्रमुख दिइएको छ यस्तो कार्यले विकृति ल्याइरहेको र काम गर्ने कर्मचारीहरु निरुत्साहि भएको भनि बिभागका एकजना डिइले बताउनु भयो ।
उपसचिव नहुदै कार्यलय प्रमुख हुदै आएका र १.५ बर्ष अघि मात्र डि ई भएका लिला भण्डारी यो सरुवामा हाबि भएका छन । मन्त्रिका जिल्लाबासि बताउने लिला यो भन्दा अधिका सरुवाहरुमा पनि जुन पार्टिको मन्त्रि भएपनि प्रभावमा पारी सधै जसो आकर्षक कार्यालयमा बस्ने गरेका छन। हुलाकि नेपालगंजका प्रमुख सुमन योगेशलाई १ बर्षमै सरुवा गरी आफु उक्त कार्यलयमा सरुवा भएका छन ।
अवधि नपुग्दै सरुवा गर्दा कर्मचारीहरुको मनोबल गिर्ने, अपेक्षित नतिजा नआउने र समग्र पुजिगत खर्च नै कम हुने गरेको मन्त्रालय स्रोतले बताएको छ । अहिलेका मन्त्रि ज्वालाले पनि सुशासनको नारा जपेपनि उनको कार्यशैलि फरक देखिएको छ । मन्त्रिबाट भद्रगोल सरुवामा नियन्त्रणको आस गरेपनि उनको व्यबहार खासै फरक नदेखिएको र यस्तो हुनुमा आर्थिक प्रलोभनमा परेको हुनसक्ने मन्त्रालय स्रोतले बतायो