
नेपालीहरुको महान चार्ड बडा दशैलाई लक्ष्यित गरेर मल्टी एड युथ क्ल्बले फुटबल खेल आयोजना गरेको छ।आयोजना कोशिपारी काभ्रेपलान्चोक,चौरीदेउराली०४, देउपोखरी खेल मैदानमा हुने भएको छ।
कार्तिक २गतेदेखि सुरु हुने खेल कार्तिक ४ गतेसम्म चल्ने र खेल अन्तर वडास्तरीय हुने गरि मल्टी एड युथ क्ल्बले योजना गरेको हो। यस खेलका प्रमुख अतिथि बाग्मती प्रेदेशका खानेपानी तथा सिचाइ मन्त्री माननीय तिर्थ लामा,यसै गरि विशिष्ट अतिथिहरु अध्यक्ष जिल्ला समन्वय समिति काभ्रेपलान्चोक दिपक गौतम, चौरिदेउराली गा.पा अध्यक्ष रेनुका चौलागाईं,उपाध्यक्ष गा.पा.शेर बहादुर लामा, भुम्लु गा.पा उपाध्यक्ष जितेन्द्र मान तामाङ(दावा लामा), चौरीदेउराली गा.पा का वडा ६ का अध्यक्ष किशोर राज गिरि,अध्यक्ष वडा०७का चन्द्र लामा र वडा ०१का अध्यक्ष सुशील लामा लगायत सम्पुर्ण वडा अध्यक्षहरुको सहभागी रहने जानकारी मल्टी एड युथ क्लबका अध्यक्ष पुष्प लामाले बताएका छन्।




युवाहरूलाई प्रोत्साहन गरि यो खेलको आयोजना गरेको मल्टी एड युथ क्ल्बका अध्यक्षले बताएका छन्। खेलमा सहभागी टिम मध्येबाट प्रथम स्थान हासिल गर्ने टिमलाई रु.५०,०००/-, ट्रफी, मेडल र प्रमाण र दोस्रो हुने टिमलाई रु. ३०,०००/-, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने मल्टी एड युथ क्ल्बका अध्यक्षले बताएका छन्।