
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतलाई कार्यालय प्रवेशमा रोक लगाउने आन्दोलनरत कर्मचारीहरुले प्रवेशमा रोक लगाउने ट्रेड युनियनहरुले घोषण गरेका छन्।
सात बुँदे माग अघि सार्दै कात्तिक १२ गतेदेखि आन्दोलनरत नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले आज, भोलि र पर्सि तीन दिन कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालय प्रमुखहरुलाई समेत कार्यकक्षमा प्रवेश निषेध गर्ने निर्णय गरेका छन् ।




नेपाल विद्युत प्राधिकरणले गत असोज ३० गते विभिन्न पदका आठ तहदेखि दुई तहसम्मका २९७ जना कर्मचारीहरुको सरुवा गरे पश्चताप सरुवा सूचीमा स्टोर शाखा प्रमुखदेखि कार्यालयमा विवादित परेका कर्मचारीहरु परेकाले ट्रेड युनियन असन्तुष्ट भएर आन्दोलन गरेका हुन्।