
अन्र्तराष्ट्रिय महिला चलचित्र महोत्सव तथा अन्र्तराष्ट्रिय महिला लघुचलचित्र प्रतियोगिता आइवर्ट नेपालले यहि मंसिर नौ गते घोषणा गरेको छ । यस कार्यक्रममा नेपाली तथा अन्र्तराष्ट्रिय महिलाहरुले बनाएका फिल्महरु संकलन गरेर उत्कृष्ट विजेता घोषण गर्ने यस कार्यक्रमकी निर्देशक संगीता श्रेष्ठले बाताएकी छिन् । आइवर्ट नेपालले हालै गर्न लागेको महोत्सव भने तेस्रो संस्करण हो। यस अघि पनि दुइ संस्करण महोत्सव गरिसकेको छ।
२०८०मा हुन गइरहेको महोत्सवमा आइवर्ट नेपालले ३७ वटा नेपाली फिल्म साथै अन्तराष्ट्रिय २८ वटा फिल्म संकलन गरेको छ। यस मध्य उत्कृष्ट भएका फिल्म विजेतालाइ नगद सहित प्रमाणपत्र वितवरण गर्ने भएको छ। आइवर्ट नेपालमा मात्र नभएर विश्वभरका ५६ देशहरूमा रहेकाछन् । यस मध्य केही देशका संञ्चार कर्र्मीहरुले कार्यक्रममा चलचित्रहरूको प्रक्षेपण देखाउने छन्। कार्यक्रममा ‘फिल्म र मिडियामा महिला’ विषयमा प्यानल छलफल,सम्मान र पुरस्कार वितरण सम्म रहने कार्यक्रमकी निर्देशक संगीता श्रेष्ठले बाताएकीछिन्।



