बुधबार , असार १७, २०८३
जङ्गली जनावरका लागि श्रीमानले थापेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु – Yuwa Daily

गुल्मी धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धुर्कोट–५ निवासी ६० वर्षीया हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए ।

गए राति करिब १ः३० बजेको समयमा घाइते भएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएकामा राति नै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक बोगटीका अनुसार मृतक भण्डारीका श्रीमान् भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १ सय ५० मिटर टाढा रहेको बारीमा जङ्गली जनावर (बँदेल) नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर छाडेका थिए । मृतकका श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

काभ्रेको विकट गाउँबाट हलोजोत्दै पढेका राज कुमार गौतम आज अष्ट्रेलियाको प्रतिष्ठित इन्जिनियर,गौतमको आँसु र सफलताको यात्रा

चौँरीदेउराली गाउँपालिकाद्वारा किसानलाई बुद्धिचित्तमाला बिरुवा वितरण कार्यक्रम

काभ्रेपलाञ्चोकको चौरीदेउराली पाथीभरा पाँचकन्या सेतीदेवी मन्दिरमा भव्य सामूहिक पूजा सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चौरी देउराली गाउपालिकाको प्रथम अधिवेशन सम्पन्न, काभ्रेमै पहिलो पालिका अधिवेशनको रेकर्ड

चौरीदेउराली गाउँपालिकाद्वारा बजेट तथा कार्यक्रमका लागि सुझाव आह्वान

चौरिदेउराली गाउपालिकामा जिल्ला प्रशासन कार्यालयद्वारा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न,


TOP