शुक्रबार , असार १९, २०८३
राष्ट्रियसभामा राष्ट्रपति र प्रधानमन्त्री कार्यालयसहित विभिन्न मन्त्रालयको बजेटमाथि छलफल हुँदै – Yuwa Daily

 

राष्ट्रियसभाको बैठक आज बस्दैछ ।  बैठकमा राष्ट्रपति र प्रधानमन्त्री कार्यालयसहित विभिन्न मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची छ ।

संसद सचिवालयका अनुसार सुरुमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रिय सभामा टेबल गर्ने कार्यसूची छ ।

त्यसपछि विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहगत छलफल हुनेछ ।

यस्तै, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि पनि राष्ट्रियसभामा छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

काभ्रेको विकट गाउँबाट हलोजोत्दै पढेका राज कुमार गौतम आज अष्ट्रेलियाको प्रतिष्ठित इन्जिनियर,गौतमको आँसु र सफलताको यात्रा

चौँरीदेउराली गाउँपालिकाद्वारा किसानलाई बुद्धिचित्तमाला बिरुवा वितरण कार्यक्रम

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चौरी देउराली गाउपालिकाको प्रथम अधिवेशन सम्पन्न, काभ्रेमै पहिलो पालिका अधिवेशनको रेकर्ड

चौरीदेउराली गाउँपालिकाद्वारा बजेट तथा कार्यक्रमका लागि सुझाव आह्वान

चौरिदेउराली गाउपालिकामा जिल्ला प्रशासन कार्यालयद्वारा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न,

नेपाल सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयअनुसार परिमार्जन गर्न र नैतिक शिक्षा समावेश गर्न कार्यदल गठन


TOP