शुक्रबार , असार १९, २०८३
सांसदलाई डिजिटल प्लेटफर्ममा जाेड्दै रास्वपा – Yuwa Daily

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीलाई डिजिटल प्लेटफर्मबारे अभिमुखीकरण दिएको छ। सभापति रवि लामिछानेको उपस्थितिमा पार्टीका सांसदहरूलाई डिजिटल माध्यममा जोड्दै लैजाने प्रकृयाअन्तर्गत निर्माण भएको पल्स आरएसपी डिजिटल प्लेटफर्म नामक सिस्टमबारे जानकारी गराइएको हो।

रास्वपा संसदीय दलको कार्यालय सिंहदरबार भएको कार्यक्रममा सरकार र पार्टीको कामलाई प्रविधिमैत्री बनाएर लिएर जानेबारे छलफल भएको सांसद खगेन्द्र सुनुवारले बताए।

उनले भने, ‘सरकारको कामलाई डिजिटल बजारसम्म जोडेर जाने बारेमा हामीले छलफल गरेका छौँ। पार्टी सभापति, सांसदहरूलाई, सरकारलाई र आम जनतालाई एउटै प्लेटफर्ममा जोडेर कसरी अगाडिको काम अझै कसरी गर्न सकिन्छरु प्रभावकारी बनाउन सकिन्छरु भनेर प्लेटफर्मको डेभलप गर्नुभएको रहेछ।’

पल्स आरएसपी डिजिटल प्लेटफर्मबाट जनताको गुनासो, सरकारले गर्नुपर्ने काम र उठाउनुपर्ने आवाजहरूको एउटा एकीकृत रूपको रूपमा लैजाने बताए।

सभापति लामिछानेले पनि ठुलो परिवार भएकाले सबैले जनताको समस्या सुन्नुपर्नेमा जोड दिएको बताए। सरकारले जनभावना र बाचा अनुसार काम गर्न सक्यो सकेन भन्ने पनि फलोअप पनि डिजिटल प्लेटफर्मबाट गर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

काभ्रेको विकट गाउँबाट हलोजोत्दै पढेका राज कुमार गौतम आज अष्ट्रेलियाको प्रतिष्ठित इन्जिनियर,गौतमको आँसु र सफलताको यात्रा

चौँरीदेउराली गाउँपालिकाद्वारा किसानलाई बुद्धिचित्तमाला बिरुवा वितरण कार्यक्रम

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चौरी देउराली गाउपालिकाको प्रथम अधिवेशन सम्पन्न, काभ्रेमै पहिलो पालिका अधिवेशनको रेकर्ड

चौरीदेउराली गाउँपालिकाद्वारा बजेट तथा कार्यक्रमका लागि सुझाव आह्वान

चौरिदेउराली गाउपालिकामा जिल्ला प्रशासन कार्यालयद्वारा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न,

नेपाल सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयअनुसार परिमार्जन गर्न र नैतिक शिक्षा समावेश गर्न कार्यदल गठन


TOP